काठमाडौँ । असोज १ गतेदेखि लागुहुनेगरि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जस अनुसार असोज महिनाका लागि एनआईशी एशिया,एभरेष्ट बैंक सिटिजन बैंकसहित १० बैंकको ब्याजदर घटेको छ भने ८ बैंकहरुले भदौकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन् । नेपाल र कृषि विकास बैंकले असोजका लागि ब्याजदर बढाएका हुन् ।
बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत कायम भएको छ । भदौ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.४९ प्रतिशत थियो ।असोज महिनाका लागि बैंकको मुद्दती निक्षेप औसत ब्याजदर ०.१० प्रतिशत विन्दुले घटेको छ ।
यस्तै संस्थागत मुद्दती निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.१० प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१४ प्रतिशत विन्दुले कम हो । भदौ महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.२४ प्रतिशत थियो ।
कुन बैंकको ब्याजदर कति ?
एनआईशी एशिया बैंक :
एनआईसी एशिया बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.१८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक लिमिटेड:
नेपाल बैंकले असोज महिनाका लागि ब्याजदर बढाएको छ। बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
प्रभु बैंक :
प्रभु बैंकले भने असोज महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ। बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक:
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंक :
बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।
सिटिजन्स इन्टरनेशनल बैंक:
सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।
राष्ट्रिय वाणिज्य बैंक :
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगतको ब्याजदर घटाएको छ भने संस्थागततर्फ स्थिर राखेको छ। बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ।
नेपाल एसबीआई बैंक :
नेपाल एसबीआई बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक:
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी सनराइज बैंक :
लक्ष्मी सनराइज बैंकले पनि असोज महिनाका लागि ब्याजदर स्थिर राखेको । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सानिमा बैंक :
सानिमा बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ । भदौ महिना ६.२ र ४.९ प्रतिशत कायम रहेको थियो ।
प्राइम कमर्सियल बैंक :
प्राइम कमर्सियल बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
ग्लोबल आइएमई बैंक:
बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
सिद्धार्थ बैंक:
असोज महिनाका लागि सिद्धार्थ बैंकले पनि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
नबिल बैंक:
असोज महिनाका लागि नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
एनएमबी बैंक :
असोज महिनाका लागि एनएमबी बैंकले ब्याजदर घटाएको छ । असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
हिमालयन बैंक :
हिमालयन बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कृषि विकास बैंक:
बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फको ब्याजदर बढाएको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक :
हिमालयन बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।








