काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अधिक तरलतालाई व्यवस्थापन गर्नका निमित्त केन्द्रीय बैंकले आज बुधवारका दिन २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।
केन्द्रीय बैंकले २१ दिन अवधि लागि को एक सय अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको जनाएको छ। यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्ने सूचनामा उल्लेख गरेको छ ।
केन्द्रीय बैंकले यस अगाडि भदौ ३१ गते ५० अर्ब रुपैयाँ खिचेको थियो । भदौ महिनाभरिमा केन्द्रीय बैंकले सात पटक तरलता खिचेको छ। यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ ।