काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयलाई लिएर नआत्तिन र राजनीतिक एजेण्डा बनाएर नहिँड्न आग्रह गरेका छन् ।
गृहमन्त्री लेखकले संविधान संशोधनको कुरा गर्ने बित्तिकै तर्सिन नपर्ने धारणा राखेका छन्। संविधानका सबल र दुर्बल पक्षलाई पहिचान गरेर वार्ता तथा सहमतिमार्फत संशोधन गरिने भएकाले संशोधन भन्ने बित्तिकै तर्सिने र राजनीतिक एजेण्डा बनाएर हिँड्न आवश्यक नरहेको बताएका हुन् ।
काठमाडौँमा भएका एक कार्यक्रममा सहभागी सभामुख देवराज घिमिरेले संविधान कार्यान्वयनका लागि संशोधन गर्नुपर्ने हो वा भएका कानुन परिमार्जन गर्नुपर्ने हो त्यसका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।