काठमाडौँ । कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ ।
कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै ५२ हजार ३ सय ३ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा सुचीकृत हुँदा १४ हजार ४ सय २४ जना व्यक्ति वा कम्पनी मात्र सुचीबाट हटेका छन् ।

कर्जा सूचना केन्द्रका सूचना अधिकारी विजय कुमारले आर्थिक भ्वाईसलाई उपलब्ध गराएको पछिल्लो ५ वर्षको तथ्यांकलाई केलाएर हेर्ने हो भने पनि कालो सुचीबाट हट्नेको भन्दा थपिनेको सङ्ख्या हरेक वर्ष झण्डै-झण्डै दोब्बर भन्दा बढीले वृद्धि भइरहेको देखिन्छ ।

सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०७६–०७७ देखी २०८०–८१ सम्म आइपुग्दा ९० हजार ३ सय ६६ चेक बाउन्स भएका कारण र २३ हजार १ सय ४७ व्यक्ति वा कम्पनी आफूले लिएको ऋण तिर्न नसकेका कारण गरी जम्मा १ लाख १३ हजार ५१३ व्यक्ति वा कम्पनी कालो सुचीमा परेका छन् । यस्तै सोही अवधिमा कर्जा सूचना केन्द्रको कालो सुचीबाट हट्ने व्यक्ति वा कम्पनीको सङ्ख्या भने २७ हजार ४ सय ८७ मात्रै रहेको छ ।

नेपाल राष्ट्र बैंकले केही समय पहिले बैंक तथा वित्तीय संस्थाको ऋण लिएर नतिर्ने ऋणीहरूको रकम घटाएपछि सङ्ख्या बढ्न थालेको हुनसक्ने सूचना केन्द्रका सूचना अधिकारी विजय कुमारले बताए । यसअघि २५ लाख रुपैयाँभन्दा बढी ऋण नतिर्नेहरू कालोसूचीमा पर्दै आएकोमा नेपाल राष्ट्र बैंकले २०६९ मङ्सिर १० गते १० लाख रुपैयाँ ऋण खाने पनि कालोसूचीमा पर्ने व्यवस्था गरेको थियो ।

कर्जा सूचना केन्द्रले आर्थिक भ्वाईसलाई उपलब्ध गराएको कालोसूचीमा परेकाहरूको पछिल्लो ५ वर्षको तथ्यांक
आर्थिक वर्ष कालोसूचीमा परेको सङ्ख्या चेक बाउन्सको कारण ऋण नतिरेका कारण कालोसूचीबाट हट्नेको सङ्ख्या