काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक लेखातर्फका २६ जना उपसचिवको सरुवा गरेको छ । कार्यालयले केहि निर्देशनालय तथा विभिन्न विभाग तथा कार्यालयहरुमा कार्यरत उपसचिवहरुलाई सरुवा गरेको हो ।
कार्यालयले जारी गरेको सुचनामा राजश्व अनुसन्धान विभाग, हरिरहभवन ललितपुरमा कार्यरत उप–सचिव याम प्रसाद ढुंगानालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंमा तानेको सरुवा गरेको छ । यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धाराका उप–सचिव भूमिराज भुसाललाई आयोजना निर्देशनालयमा सरुवा गरेको छ । यस्तै शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेश कुमार दाहाल, बालकृष्ण अर्याल, भाष्कर शर्मा नेपालको सरुवा गरेको छ ।
सुनिता सुवेदी, भीम प्रसाद देवकोटा, गणेश प्रसाद चालिसे, यज्ञराज उप्रेती, रुपेश जंग थापा मगर, रोमाकान्त काफ्ले, भगवान प्रसाद उप्रेती, प्रेम चन्द्र भुसाल, भुवन प्रसाद काफ्ले, नारायण प्रसाद दाहाल, ओम कुमारी पोखरेल, विनोद गेलाल, रुद्र प्रसाद भट्ट, गोरखाबहादुर शाही, कृष्ण पुडासैनी, भोजराज पौडेल, मुन कुमार केसी र यज्ञ प्रसाद ढकालको सरुवा भएको छ ।








