काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले १४ लाख रुपैयाँ बराबरको मृत्युदावी भुक्तानी गरेको हो ।

मंगलबार धनगढी कैलालीमा आयोजित एक कार्यक्रममा बीमित स्व. शिव प्रसाद खत्रीको श्रीमती इन्द्रा देवी खत्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । उक्त रकमको चेक कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले इन्द्रादेवी खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

स्व. खत्रीले बीमालेख नं.एफई१०००५१३६५४ अन्तर्गत रहि वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । उनको गत बैशाख १८ गते मलेसियामा मृत्यु भएको थियो ।

यससँगै कम्पनीले बीमितले इच्छाएको व्यक्ति श्रीमती इन्द्रादेवी खत्रीलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाख रुपैयाँ दिएको हो ।

उक्त मृत्युदावी रकम भुक्तानी कार्यक्रममा आम सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश समेत पारेका थिए ।