काठमाडौं । नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आज अन्तिम दिनसम्ममा २३ हजार १७६ जनाले आवेदन दिएका छन् । । सिडिएसका अनुसार आज असार १५ गते साँझ ५ बजेसम्ममा यी आवेदकहरुबाट १९ लाख ३३ हजार ४१० कित्ताको लागि ४५ करोड ८० लाख ४४ हजार १६३ रुपैयाँ बराबरको रुपैयाँ संकलन भएको छ ।
कम्पनीले पहिलो चरणमा असार १ गतेदेखि असार १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको थियो।
कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।