काठमाडौं । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले ७ दिनको अन्तरालपछि मात्रै अर्को भुक्तानी पाउने भएका छन् ।

एक पटक भुक्तानी प्राप्त गर्ने निक्षेपकर्तालाई ७ दिन वा बढीको अन्तरालमा मात्र पुनस् भुक्तानी गर्ने बैंकले जनाएको छ । समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकको नियन्त्रणमा रहेको बैंकले गत पुस १७ गतेदेखि निक्षेप फिर्ता गर्न थालेको थियो । सुरुमा शाखा तोकेर निक्षेप फिर्ता गर्न थालेको बैंकले सबै शाखाबाट निक्षेप फिर्ता गर्न थालेको जनाएको छ ।

बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी दिने गरेको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाले बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेस गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले बैंकका सबै शाखाबाट निक्षेप फिर्ता गर्न थालिएकोे जानकारी दिए ।

राष्ट्र बैंकले उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूह पठाएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप(निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा सदस्य रहेका छन् । समूहले गत पुस ११ देखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हालेको छ ।

urmila bhandari nepali thesis