Copyright Maison Vignaux @ Continental Productions

काठमाडौँ । फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री नेपालमा एक सय भन्दा बढी गाडी बुकिङ भएको छ । सिट्रोन ई सी थ्री नेपालमा एक सय भन्दा बढी गाडी बुकिङ भएको कम्पनीले जनाएको हाे ।

भारतमा बनेको विद्युतीय गाडीहरूमध्ये सबैभन्दा कम मूल्य पर्ने दाबी कम्पनीको छ । लाइभ र फिल गरी ई सी थ्रीको २ वटा भेरियन्ट नेपालमा उपलब्ध भएको जानकारी दिँदै कम्पनीले एक सय भन्दा धेरै बुकिङ भएको बताएको हो।

कम्पनीका अनुसार इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ।

२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ। विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले जनाएकाे छ ।

मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ई सी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्शाउँदछ। हेर्नमा आकर्षक डिजाइन हुनुको साथै यसको रेञ्ज पनि राम्रो छ ।

विद्युतीय गाडी भएकोले ई सी थ्रीले वातावरणीय स्वच्छतामा पनि योगदान पुर्याउँछ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको लागि ई सी थ्री एउटा उपयुक्त रोजाई हो ।

अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो । यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउने कम्पनीको भनाई छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई सी थ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ । सिट्रोन ई सी थ्रीका दुवै भेरियन्टहरु एक लाखमा प्रि बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।