काठमाडौं । पछिल्लो एक बर्षको अवधीमा (सन् २०२४) मा नेपालबाट स्थायी बसोबासका लागि भन्दै ६६ हजार बढी मानिसले देश छाडेका हुन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष गरी जम्मा ६६ हजार ८३५ जनाले देश छाडेका हुन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् ।

स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रुपमा भने केही घटेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।

यस पटक सो संख्या ६६ हजारमा झरेको देखिनछ । अस्थायी बसोबासमा देश छाड्ने भने यस पटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाल देश छाडेको विभागले जनाएको छ ।

विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजिमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।