काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज फागुन १ गतेदेखि ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ।
यस लिलामी सेयरमा बैंककै संस्थापक शेयर धनीहरूले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।
लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुकले फागुन ९ गतेसम्म आवेदन दिन मिल्ने छ। आवेदन नारायणचौर नक्साल काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।