काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ लाख ३४ हजार २६९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयर धनीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयर धनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

आवेदन दिँदा बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौँमा खरिद गर्न चाहेको सेयर संख्या समेत उल्लेख गरी दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।