काठमाडौँ । काठमाडौँ उपत्यका सहित देशभरको मौसममा परिवर्तन आएको छ । पश्चिमी न्यून चापिए प्रणालीको कारण उपत्यका सहित देशभरको मौसममा परिवर्तन आएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिएका छन् ।
काठमाडौँ उपत्यकाको हकमा पानी पर्ने सम्भावना नरहे पनि लगातार तीन दिनसम्म मौसम खुल्ने अवस्था रहेको पुडासैनीको भनाई छ । साथै, गण्डकी प्रदेशको केही स्थानमा भने सामान्य वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको उनको भनाई छ ।
गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबिच काठमाडौँ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ। यी प्रदेशका केही ठाउँमा आज राति छिटपुट वर्षाको सम्भावना भएको पुडासैनीको भनाई छ ।
विशेष गरी देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ। मधेसमा मौसम आंशिक बदली भए पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले पुडासैनीले स्पष्ट पारेका छन् । काठमाडौँको हकमा भने तीन दिन पश्चात् मात्रै मौसममा खुल्नै जाने जानकारी दिएका छन् ।






