काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ शाखा अधिकृतको सरुवा भएको छ। मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृतको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।उक्त सार्वजनिक विवरण अनुसार, साबानकुमार चौधरीलाई सिराहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशीराम पन्थीलाई गुल्मीको मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो।