काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले सूचना मार्फत जनाएको छ ।







