काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्थाको २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।