काठमाडौँ । नेपालमा रासायनिक मलको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेकाे छ । लामो समयदेखि रासायनिक मल उत्पादनको कुरा भैरहँदा सम्भाव्य अध्ययनको लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेकाे हाे ।

लगानी बोर्डका सीईओ सुशील भट्टका अनुसार आज समझभदारी भएको हाे । नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच बिहीबार समझदारी भएको उनको भनाई छ ।

समझदारीपत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका हुन् ।

जर्मन कम्पनीले गरेको प्रस्ताव अनुसार वार्षिक सात लाख टन मल उत्पादन गर्न सकिने प्रारम्भिक अनुमान छ ।