काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि ४६५ जना कर्मचारी माग गरेको हाे ।

बैंकले तह ४ देखि तह ९ सम्मका लागि खुला प्रतिस्पर्धाबाट ४६५ कर्मचारी परिपुर्ति गर्न लागेको छ ।

बैंकले योग्य तथा इच्छुक आवेदकहरुलाई असार १० गतेदेखि असार ३० गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

साथै दोब्बर दस्तुर तिरेर साउन ६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले तह ४ को सहायकको लागि दश जोड २२ को योग्यता तोकेकोले १२ पासले पनि आवेदन दिन सक्ने छन् ।