काठमाडौँ । सेयर बजारको घट्नेक्रमले आज मंगलवारका दिन समेत निरन्तरता पाएको छ। यस दिन नेप्से सूचक ११.६४ विन्दुले घटेर २६३५.४२ अंकमा सीमित भएको छ ।

आज ३११ सूचीकृत कम्पनीको १ करोड ८४ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

बजारले निश्चित गति लिन नसकेपछि धेरैजसो क्रेता–बिक्रेता ‘वेट एन्ड वाच’ मुडमै रहेका हुन् । लामो समयदेखि सेयर बजार साइडवेजमा छ । बजार २५ सयदेखि २८ सयको बिचमा घुमेको छ।

आज सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८२ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ६२ करोड १६ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन राधी विद्युत् कम्पनीको ४६ करोड ४४ लाख १० हजार रुपैंया, एनआरएन एन्फ्रास्ट्रक्चरको २५ करोड ७३ लाख ८१ हजार रुपैयाँ कारोबार भएको हो ।