काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा निर्जीवन बिमा कम्पनीहरूले ३३ अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार १४ निर्जीवन बिमा र ४ वटा लघु बिमा कम्पनी गरी १८ वटा निर्जीवन बिमा कम्पनीहरूले कुल ३२ अर्ब ८१ करोड ६६ लाख ९४ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

चैत मसान्तसम्ममा १४ बिमा कम्पनीहरूले ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरूले ६८ करोड ६७ लाख १९ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन्। जस अनुसार यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

साथै, सगरमाथा लुम्बिनीले यस अवधिमा ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गर्दै दोस्रो स्थानमा रहेको छ । नेसनल इन्सुरेन्स कम्पनीले भने सबैभन्दा थोरै ८७ करोड ९५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

साथै, लघु निर्जीवन बिमा कम्पनीमध्येमा भने नेपाल माइक्रो इन्सुरेन्सले सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । यता, यस अवधिमा १८ कम्पनीहरूले कुल २४ लाख १२ हजार ३३१ वटा बिमा लेख जारी गरेका छन् ।

यो अवधिसम्म कम्पनीहरूले मोटर बीमाको सर्वाधिक व्यापार गरेका छन्। मोटर बीमामा कम्पनीले ९ महिनामा ९ अर्ब ८२ करोड ८७ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन्। यसैगरी दोस्रो सर्वाधिक धेरै व्यापार कम्पनीहरूको सम्पत्तितर्फ देखिएको छ। चैतसम्म सम्पत्ति बीमामार्फत कम्पनीहरूले ८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

साथै, पशुपन्छी तथा कृषितर्फ १ अर्ब २३ करोड ८८ लाख रुपैयाँ र लघुतर्फ ६९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

तालिकामा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आर्जन गरेको बीमा शुल्क :

क्र.सं.निर्जीवन बीमा कम्पनीबीमा शुल्क (रु. लाखमा)
शिखर इन्स्योरेन्स४३,४५८.८१
सगरमाथा लुम्बिनी इन्स्योरेन्स३७,३९४.१७
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स३१,०५८.११
हिमालयन एभरेष्ट इन्स्योरेन्स२७,८५५.६७
आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स२७,३४९.७८
नेको इन्स्योरेन्स२४,७१८.३४
द ओरियन्टल इन्स्योरेन्स२१,५४६.००
एनएलजी इन्स्योरेन्स२१,३४५.२१
सनिमा जीआईसी इन्स्योरेन्स१९,२१९.५०
१०युनाइटेड अजोड इन्स्योरेन्स१८,५४९.१५
११नेपाल इन्स्योरेन्स१५,५८८.५१
१२प्रभु इन्स्योरेन्स१३,०९४.८१
१३राष्ट्रिय बीमा कम्पनी११,३२६.३०
१४नेशनल इन्स्योरेन्स८,७९५.३९
जम्मा३२१,२९९.७५