काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मङ्गलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस विषयमा चिन्ता व्यक्त गरेका हुन् ।

यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा राम्रो ब्यालेन्स भएको भए पनि अहिले पैसा नहुँदा यो काम गर्छु भन्न पनि डराउनुपर्ने स्थिति आएको उनको धारणा छ । उनले यसअघि प्रधानमन्त्री हुँदा धेरै पैसा रहेकाले सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको स्मरण गर्दै सोही समयमा निर्माण सुरु भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्रहरू अहिले सञ्चालनमा रहेको बताएका छन् ।

उनले एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाइदिने सम्मका कुराहरू आएको भन्दै त्यो भन्नमा र गर्नमा फरक हुने धारणा राखेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘एक दुई वटा साना कामहरूमा साथी भाइहरू बहुत हौसिन्छन् । हामी छौँ भन्छन्, चन्दा उठाउँछन् । अस्ति हाम्रो पार्टी अफिस एक एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए । एक एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे । एक एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ । यो भन्ने एउटा कुरा हो । तर रियालिटी अर्को कुरा हो । जे होस् हामीले यो नयाँ काम सुरु गरेका छौँ ।

म यसअघि प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन । जे पनि गर्नुपर्छ भन्थेँ, जे पनि बनाउँथेँ ।’ आफू तीन वर्षको अन्तरालमा प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको भेटाए । ओलीले भने