काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३१ गते बिहान बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले आर्थिक वर्ष २०८०/८१का लागि कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।