काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेको छ । शेयर बजार नेप्से परिसूचक १२.१६ अंकले बढेर २,०९७.०९ को विन्दुमा कायम भएको छ ।

आज ९३ कम्पनीको मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीकाे १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै हिमालयन लाइफको १५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ९ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको शेयर कारोबार सर्वाधिक भएको छ ।

आज सर्वाधिक कमाउनेमा म्युच्युल फन्डका इकाइधनीहरु रहेका छन् । आज सनराइज फोकस इक्वीटि फन्डको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति इकाई मूल्य ९ रुपैयाँ कायम भएको छ । आज एनआइबीएल ग्रोथ फन्ड ९ दशमलव ९२ प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज सानिमा ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड लगायत अन्यको शेयरमूल्य बढेको छ ।

आज लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य ५.९६ प्रतिशत अर्थात १५ रुपैयाँले घटेर २४४ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मक्कर जितुमाया हाइड्रोपावर, मन्जुश्री फाइनान्सको डिभेन्चर, हिमालयन हाइड्रोपावर लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।