काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने घोषणा गरेको छ । यसबारे अहिले संसदमा विधेयक पुगिसकेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आव भित्र नेपाललाई यूरोपेली यूनियनको कालोसूचीसबाट समेत हटाउन आवश्यक काम गरिने बताए । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब बजेट सरकारले विनियोजन गरेको छ ।
भैरहवा विमानस्थल श्रमिकको किफायती हुने गरी सञ्चालनमा ल्याउने र पोखरा विमानस्थललाई पर्यटकीय विमानस्थलका रूपमा विकास गर्ने समेत घोषणा उनले गरे ।







