काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि विश्वविद्यालयले शैक्षिक क्यालेन्डर पालना गरे नगरेको अनुगमन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
विश्वविद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व नै शैक्षिक क्यालेन्डर बनाइसक्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको हो । शैक्षिक क्यालेन्डर निर्माण र पालना नगर्ने विश्वविद्यालयलाई अनुदान रोक्का गरिने पनि अर्थमन्त्री पौडेलले जनाएका छन् ।
यस्तै विश्वविद्यालय अनुदान आयोगलाई पनि नयाँ स्वरूप प्रदान गरिने उनले जनाए ।






