Teacher

काठमाडौं । सरकारले शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ । संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै शिक्षक बैंक स्थापना गर्ने घोषणा गरेका हुन् ।

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको हो ।

‘स्नातक गरेकालाई स्वयंसेवक शिक्षकको वयवस्था गरिने’ मन्त्री पौडेलले बताए ।

शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने उनले बताए । अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभाव हुन नदिने घोषणा उनले गरे ।