काठमाडौँ । सरकारले विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट प्रस्तुत विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने नीति लिइने अर्थमन्त्री पौडेलले बताए । शैक्षिक क्यालेन्डर अवधिभरका लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइनेछ । त्यस्ता विद्यार्थीका अभिभावकलाई बहु प्रवेश भिसाको व्यवस्था गरिनेछ ।







