काठमाडौँ । सरकारले सडक दुर्घटनाको संख्यामा कमी ल्याउन विभिन्न शहरहरूमा ट्राफिक चिह्न र लाइटको अभिवृद्धिमा ध्यान दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा जनाएका हुन् ।

सवारीसाधनको दुर्घटनामा कम गर्न रिफ्रेस सेन्टरहरू सञ्चालनमा ल्याइने र सवारीसाधनहरूको यान्त्रिक परीक्षणमा पनि विशेष जोड दिइने उनले बताए ।

यस्तै सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्न मास ट्रान्पोर्ट सुरु गरिने पनि उनले जनाए ।