काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार पुर्याएको छ । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।
तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्याएको जानकारी उनले दिए ।







