काठमाडौँ । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर सर्वसाधारणलाई प्रदान गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट पेश गर्दै टेलिकमको ३० प्रतिशत स्वामित्व सर्वसाधारणलाई दिइने जनाएका हुन् ।

टेलिकममा हाल सरकारको ९१.५३ प्रतिशत स्वामित्व रहेको छ भने सर्वसाधारणको स्वामित्व ८.४७ प्रतिशत रहेको छ ।