काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी वर्षको बजेट अपेक्षाकृत आएको बताएका छन् । बिहीबार सञ्चारकर्मीसँग बजेटबारे प्रतिक्रिया दिँदै बजेटमा आफूहरूले दिएका अधिकांश सुझावहरू सम्बोधन भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

बजेटले प्राइभेट सेक्टरलाई ड्राइभिङ सिटमा राखेर महत्त्व दिएको छ । त्यो हिसाबले पनि अगाडि भन्दा फरक हुन्छ भन्ने आशा राखेका छौ । ढकालले भने साथै, महासंघको तर्फबाट घोषणा भएका उक्त बजेटलाई कार्यान्वयनको पाटोमा ध्यान दिन आग्रह गरेका छन् ।

‘महासंघले दिएका सुझावहरूमध्ये धेरै समेटिएको छ । बजेटहरू सरसरती आउँदा बजेट पढ्ने बेलामा राम्रै जस्तो लाग्छ,’ तर ‘कार्यान्वयन चाहिँ त्यो अनुसार नहुने समस्या देखिएको छ । महासंघले त्यसलाई हेरेर बाँकी कुरा भन्छ ।’ ढकालले भने

वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्‍याउने सुझाव आफूहरूले दिएको ढकालले बताए । ‘सामाजिक सुरक्षा भत्ता ७० वर्ष बनाउने हाम्रो सुझाव थियो । निजी क्षेत्र उत्साहित छ । लगानीको वातावरण पनि बढ्छ,‘राजस्वको लक्ष्य महत्वकांक्षी जस्तो देखिन्छ । राजस्व संलकनको कुरा गर्दा व्यावसायिक गतिविधि बढाउनुपर्छ । ढकालले सञ्चारकर्मीसँग भने