काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट पठाएको छ । यस्तो बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान (पुँजीगत) सहितको वित्तीय हस्तान्तरण शीर्षकमा उक्त बजेट विनियोजन गरेको हो।
सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको यस्तो बजेटमा प्रदेशलाई ९७ अर्ब ५६ करोड स्थानीय तहको लागि ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ पठाएको छ ।
यस्तो रकममा महानगरपालिकालाई ११ अर्ब ७४ करोड, उपमहानगरपालिकालाई ११ अर्ब ३८ करोड, नगरपालिकालाई १ अर्ब ४३ अर्ब १० करोड र गाउँपालिकालाई १ अर्ब ५४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै, पूर्वाधार आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान प्रदेशका लागि ३ अर्ब २८ करोड र स्थानीय तहका लागि १० अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै विशेष अनुदान प्रदेशका लागि ३ अर्ब २७ करोड र स्थानीय तहका लागि ९ अर्ब ७८ करोड रुपैयाँ छुट्टाइएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यसमध्ये चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.३ प्रतिशत विनियोजन गरिएको छ।
कुन पालिकाले कति पायो बजेट ?







