काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि सोही मूल्य बराबर उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको जानकारी दिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेको छ ।