गोरखा । बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्लामा बन्ने १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका हुन् ।

No description available.

प्रधानमन्त्री प्रचण्डले गोरखा जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् । यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ । आयोजनाबाट बिजुली निकाल्न सिरुङटारमा ८० मिटर अग्लो ड्याम बन्छ ।

उक्त ड्याम ६३ किलोमिटर क्षेत्रफलमा फैलिने छ । यस्तै ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ । सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ ।

यस्तै बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् ।

आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भैसकेको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको छ ।