काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असार तेस्रो हप्ताभित्र प्रकाशन हुने गरि तयारी थालेको जानकारी दिएको छ। अहिले अंक​ इन्ट्री गर्ने काम लगायत आन्तरिक काम भइरहेको बोर्डको जानकारी छ ।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकरकर्मचारीहरू आन्दोलनमा सहभागी भएको कारण लम्बिएको थियो।

यसवर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थीहरु सामेल भएका थिए ।