काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेकाे हाे ।
छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।