काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा घरजग्गा कारोबारमा उल्लेख्य मात्रामा कमी आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार, गत वर्षको सोही अवधिको तुलनामा यस पटक कारोबार २८ प्रतिशतले घटेको छ।
गत वर्ष साउन २०८१ मा देशभर ४३,८३५ वटा घरजग्गा कारोबार भएकोमा यस वर्ष साउन २०८२ मा यो संख्या ३१,६२१ मा झरेको विभागको तथ्यांकमा उल्लेख छ । यो गिरावट अघिल्लो महिना, अर्थात् असारको तुलनामा बढी छ । जहाँ ५५,५२४ कारोबार भएका थिए।
काठमाडौँ उपत्यकामा भने साउन महिनामा कुल ३,०२० घरजग्गा कारोबार भएका छन्। यसमध्ये, ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६१६ र भक्तपुर मालपोत कार्यालयबाट ८२० कारोबार भएका छन्। घरजग्गा कारोबारमा गिरावट आउनुको मुख्य कारण कित्ताकाटमा आएको रोक बन्दी भएको व्यवसायीको भनाई छ ।







