काठमाडौँ । गत सोमबार (भदौ ३०) देखि देशैभर सरकारी सहुलियत पसल (सुपथ मूल्य पसल) सञ्चालनमा आएका छन्। यी पसल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सञ्चालन भइरहेका छन् । दशैं, तिहार र छठ पर्व लक्षित गरी सुरु गरिएका यी पसलमा सर्वसाधारणले दैनिक उपभोग्य सामग्री आकर्षक छुटमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी ज्ञानु थापाका अनुसार सुपथ मूल्य पसलमा तेल, दाल, मसला, चामल र भान्सा कोठामा प्रयोग हुने सबै खाद्यान्न उपलब्ध छन् । यसका साथै कर्णाली क्षेत्रका स्थानीय उत्पादन पनि उपलब्ध गराइएका छन्। ग्राहकहरूले प्रत्येक किलो खाद्यन्नमा ५–१० रुपैयाँसम्म छुट पाउन सक्ने उनले सुनाइन् ।
ग्राहकहरूले खाद्य व्यवस्था कम्पनीको वेबसाइट मार्फत पनि सामान खरिद गर्न सक्ने सुविधा दिइएको छ।
थप जानकारीका लागि तलको भिडियोमा क्लिक गर्नुहोस् :







