काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । अर्थमन्त्री महतले आज बिहान विमानस्थलकाे निरीक्षण गरेका हुन् ।
निरीक्षणकाे लागि विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।
केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो । उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् ।
यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए ।