काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ ।
भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बितिसक्दा पनि दक्षिण कोरिया जान नपाएकाहरूले कार्तिक २० गते बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा घेराउ गरेका हुन् ।
सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएकाहरुमा १७ हजार ३० जना भाषा परीक्षामा पास भएका थिए ।
तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता पनि नभएको कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरूले माग गरेका छन् ।
सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा १ लाखको हारहारीमा नेपालीहरू कार्यरत छन् ।







