काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखामा कर्मचारीको माग गरेको हाे ।
कम्पनीले विभिन्न जिल्लामा अवस्थित शाखाहरुमा कर्मचारीको माग गरेको छ । आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम स्नातक गरी मार्केटिङ सम्बन्धि ज्ञान भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
साथै स्थानीय र मोटरसाइकल अथवा स्कुटरको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखिने समेत कम्पनीले जनाएकाे छ ।
आवेदन दिन इच्छुक र योग्य जो कोहीले आफ्नो बैयक्तिक विवरण र आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र कम्पनीको इमेल [email protected] मा आवेदन दिन सकिने छ ।