काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनीले नयाँ निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामशरण तिमल्सिनालाई सुम्पिएको छ। माघ ४ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकबाट तिमल्सिनालाई सीईओको भूमिकामा नियुक्त गर्ने निर्णय भएको हो।

त्यसै बैठकले हालसम्म कार्यकारी प्रमुख (प्रबन्ध सञ्चालक)को रूपमा कार्यरत भरतराज ढकालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ। ढकालले व्यक्तिगत कारण जनाउँदै आफ्नो पदबाट अलग हुने निर्णय गरेका थिए।