काठमाडौँ। इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन शाहले राजीनामा दिएका छन्। शाहले माघ १९ गते आफ्नो पदबाट राजीनामा पेश गरेका थिए।
उनका राजीनामा माघ २० गते बसेको सञ्चालक समितिको बैठकद्वारा स्वीकृत भएको कम्पनीले जनाएको छ।







