काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी छ। हिजो मात्रै प्रतितोला ३ हजार रुपैयाँले ओरालो लागेको सुनको मूल्य आज फेरि घटेको हो।
आज सुन प्रतितोला ९ सय रुपैयाँले सस्तो भएको छ। नयाँ दरअनुसार सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। हिजो सोमबार भने एक तोला सुनको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ कायम थियो।
यसैबीच चाँदीको मूल्य आज उकालो लागेको छ। चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढ्दै ४ हजार ८८५ रुपैयाँ पुगेको छ।







