काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल रिपब्लिक मिडियाको प्रति शेयर अंकित चुक्ता मूल्य १०० को ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर आईतबार दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता शेयर समेत गरी ९६ लाख ७५ हजार कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता मूल्य ८४.४७ रुपैयाँदेखि २५३.४१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।