काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको वाचापत्रमा मध्यम वर्गलाई प्राथमिकता दिइएको बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित वाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

वाग्लेले लोकतन्त्र मजबुत बनाउन मध्यम वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनका अनुसार, लोकतन्त्र दीर्घकालीन रूपमा सुरक्षित रहन मध्यम वर्गको आकार ठूलो हुनुका साथै उनीहरू आर्थिक र सामाजिक रूपमा सुरक्षित तथा भविष्यप्रति आशावादी हुन जरुरी छ।

उक्त उद्देश्यलाई ध्यानमा राख्दै पार्टीले आफ्नो घोषणापत्र तयार पारेको उनले स्पष्ट पारे।