काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार वृद्धि भएको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कमी आएको छ। यससँगै आज सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि भने सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।