काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्दै २ लाख ९४ हजार रुपैयाँमा कायम भएको छ।
यसअघि हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो।







