काठमाडौं । Royal Enfield ले आफ्नो नयाँ urban performance roadster गरिल्ला ४५० नेपालमा सार्वजनिक गरेको छ। दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ।  गरिल्ला ४५० तीन भेरियन्ट — APEX, Dash and Flash — तथा आठ विभिन्न कलरहरुमा उपलब्ध हुनेछ।

रोयल इनफिल्ड का सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले भने, “१२५ वर्षको Pure Motorcycling यात्रालाई मनाइरहेका बेला नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम हो। यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो — चुस्त, सहज र दमदार । नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौं।”

भेरियन्ट र मूल्य (एक्स-शोरुम)

भेरियन्ट        Color waysमूल्य
APEX         Redरु. ८,९९,०००
         Blackरु. ८,९९,०००
         Greenरु. ८,९९,०००
Dash        Twilight Blueरु. ८,९९,०००
        Shadow Ashरु. ८,९९,०००
        Smoke Silverरु. ८,९९,०००
        Peix Bronzeरु. ८,९९,०००
Flash        Brava Blueरु. ८,९९,०००

 

गरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड-कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको छ। यसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार ८५ प्रतिशत भन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले शहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज परफर्मेन्स दिनेछ। slip clutch enhances high-speed cruising comfort मोटरसाइकलमा ६-स्पिड गियरबक्स, assist तथा slip clutch, राइड-बाइ-वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन् ।

गरिल्ला ४५० मा ११ लिटर इन्धन ट्याङ्की, LED headlights, integrated tail lamp, upswept silencer.  तथा stepped bench-seat जस्ता फिचर समावेश छन्। 43 mm Showa telescopic front fork linkage-type mono-shock र १७ इन्च ट्युबलेस टायरले मोटरसाइकललाई अझ स्थिर र चुस्त बनाउने कम्पनीको दाबी छ।

मोटरसाइकलका सबै भेरियन्टमा रोयल इनफिल्डको ४ इन्च टीएफटी ‘ट्रिपर ड्यास’ उपलब्ध हुनेछ, जसमा Google Maps-powered navigation and seamless smartphone connectivity सुविधा समावेश गरिएको छ।

कम्पनीले APEX भेरियन्टलाई थप स्पोर्टी बनाएको जनाएको छ। यसमा road-focused टायर, sculpted rear seat cowl, colour-coded front cowl तथा विशेष डिजाइन एलिमेन्ट उपलब्ध छन्।

रोयल इनफिल्डले गरिल्ला ४५० का लागि विभिन्न Accessories पनि उपलब्ध गराएको छ। यसमा engine guards, sump guards, urban seat, tinted flyscreen, bar-end mirrors तथा सफ्ट प्यानियर्स जस्ता विकल्प छन्।

नेपालमा गरिल्ला ४५० को बुकिङ कम्पनीले खुला गरिसकेको छ। साथै, डेलिभरी आजैबाट सुरु हुने र नेपालभरका रोयल इनफिल्डका शोरुमहरूमा गुएरिल्ला ४५० उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले Borderless Warranty Program पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत विश्वभर रहेका ३,००० भन्दा बढी सर्भिस सेन्टर मार्फत सेवा उपलब्ध हुनेछ।

रोयल इन्फिल्डबारे

सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो । Pure Motorcycling अवधारणालाई अघि बढाउँदै आएको कम्पनीले हालै सार्वजनिक गरिएको Guerrilla 450 सहित Hunter 350, Classic 350, Himalayan 450, Meteor 350, Interceptor 650 लगायतका प्रिमियम मोडल उत्पादन गर्दै आएको छ ।

Eicher Motors Limited अन्तर्गत सञ्चालित रोयल इन्फिल्डको विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ । नेपालसहित विभिन्न देशमा कम्पनीका CKD assembly facilities सञ्चालनमा छन् ।