काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ९३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

संस्थाले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य जोकोही व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन दिन सक्ने संस्थाले जनाएको छ । संस्थाले प्रतिकित्ता शेयरको मूल्य ७ सय रुपैयाँ तोकेको छ ।

शेयर खरिद गर्न संस्थाको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिन सकिनेछ ।